सडकमै कक्षा संचालन गरेर साङ्केतिकरूपमा बिरोध

१७ असार २०७५, आईतवार ११:०८

असार १८,काठमाडौं ।

शिक्षामा भएको निजीकरण, ब्यापारीकरण र माफियाकरणको अन्त्यको लागी निरन्तर संघर्षरत विभिन्न ८ विद्यार्थी संगठनहरुले आज साङ्केतिकरूपमा बिरोध प्रदर्शन गर्दै प्रदर्शनीमार्ग काठमाडौंको सडकमा बसेर पठन पाठन गर्दै बिरोध प्रदर्शन गरेको कुरा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बताए ।

८ वटै विद्यार्थी संगठनका अध्यक्षहरु सडकमा पठन पाठनको लागि बसे भने अध्यक्ष रायमाझीले करिब ४५ मिनेट शिक्षामा भएको निजीकरण र ब्यापारीकरणको विषयमा पढाउदै कार्यक्रम सम्पन्न भयो ।