असार १७, काठमाडौं । एजेन्सी
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको राजधानी हेल्सिन्कीमा भेटघाट हुने भएको छ ।
ट्रम्पले पुटिनसँग सिरियामा चलिरहेको युद्ध र युक्रेनको स्थितिका विषयमा चर्चा गर्ने सम्भावना बुधवार व्यक्त गरेका छन् ।
संवाददाताहरूसँग कुराकानी गर्दै उनले रुससँग सुमधुर सम्बन्ध चाहेको बताए ।
ट्रम्पले पछिल्लोपटक पुटिनसँग भियतनाममा एसिया प्रशान्त शिखर सम्मेलनमा भेटघाट गरेका थिए ।
