असार १७, काठमाडौं । नयाँ पत्रिका
संसद् नभएको वेला मात्र सरकारले तत्कालीन कानूनका रूपमा अध्यादेश जारी गर्न पाउँछ ।
२४ कात्तिकमा देउवा सरकारले चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो ।
२१ फागुनमा वर्तमान संसद्को अधिवेशन शुरु भएकाले ६० दिनभित्र अर्थात् २० वैशाखभित्र सो अध्यादेश संसद्बाट पारित गर्नुपर्ने थियो । तर, संसद् अधिवेशन २३ वैशाखबाट सुरु हुने गरी आह्वान गरिएको थियो ।
त्यसैले केपी ओली नेतृत्वको वर्तमान सरकारले त्यो अध्यादेश खेर जान दिएन । बरु १३ वैशाखमा जस्ताको तस्तै जारी ग¥यो । देउवा सरकारले ल्याएको अध्यादेशमा कुनै पनि अक्षर तलमाथि नगरी राष्ट्रपतिमार्पmत जारी गरेको थियो । तर, आफैले जारी गरेको अध्यादेशविपरीत विधेयक ल्याएको छ ।