अमेरिकी चुनावमा नेपाली मूलका भण्डारी बिजयी

१४ असार २०७५, बिहीबार १०:५०

असार १४, काठमाडौं ।

डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबी ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।

उनी डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागि ढोका खुलेको छ ।

उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवारसँग चुनावी मैदानमा भिड्नु पर्ने छ । ४ जना प्रतिस्प्रर्धिमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।

२० हजार ७२६ मत खसेकोमा भण्डारीले ५ हजार ७६५ अर्थात २८ प्रतिशत मत ल्याएर दोस्रो भए । एरिक ब्रोम्बेलले ६ हजार ३८७ ल्याएर प्रथम भएका थिए ।

यसैगरी मेरिल्याण्ड डेमोक्रेटिक दलको केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याइ बिजयी भएको डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवार मध्ये उनी परेका हुन् । सन् २०१४ मा उनी चौथो स्थान भएपछि उनी प्राथमिक चरणमै बाहिरिएका थिए ।

यो केवल प्राथमिक निर्वाचन मात्र हो भने आम निवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको इतिहासमा नाम लेख्ने अवसर पाउने छन ।

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोश्रो पटक पुन: उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् ।