सशस्त्रका हवल्दारले विदामा घर गएको बेला श्रीमतीको हत्या गरे

१२ असार २०७५, मंगलवार ०७:५६

असार १२, काठमाडौं ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरमा एकजनाले फरुवाले हिर्काएर श्रीमती हत्या गरेका छन् ।

३५ वर्षीय केशब कार्कीले खेतमा काम गरिरहेको अवस्थामा २६ वर्षीया श्रीमती सरस्वती कार्कीलाई फरुवाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।

कार्की सशस्त्रका हवल्दार हुन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लमही दाङमा कार्यरत कार्कीले विदामा घर आएको बेला श्रीमतीको हत्या गरेको प्रहरी उपरीक्षक विष्टले बताए । कार्कीलाई पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

सरस्वतीको शव पोष्मार्टमका लागि महाकाली अस्पतालमा पुर्‍याइएको छ ।