असार ११, काठमाडौं ।
हालै सम्पन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई जानकारी गर्ने भएका छन् ।
प्रतिनिधिसभाको सोमवार दिउँसो बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणका बारेमा जानकारी गराउन लागेका छन् सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
चीन भ्रमणमा जानुपूर्व असार ४ मा प्रधानमन्त्रीले संसदको बैठकलाई सम्बोधन गरेका थिए ।
चीन भ्रमण सकेर प्रम ओली आइतवार स्वदेश फर्किएका थिए ।
विदेश भ्रमणमा जानुपूर्व र फर्केपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने संसदीय परम्परा छ ।
