१ किलो अवैध यार्सा गुम्बासहित ३ जना पक्राउ

११ असार २०७५, सोमबार ०६:१५

असार ११, काठमाडौं ।

प्रहरीले १ किलो अवैध यार्सा गुम्बासहित ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

 

पक्राउ पर्नेमा तिला गुफा नगरपालिका–३ का राज हमाल, टिकापुर नगरपालिका १ का नरीलाल कोइराला र जुम्ला सिं दानबहादुर रोकाय छन् ।