आईपीएलमा २ करोड ४० लाख ठगी गरेको आधारमा अग्रवाल पक्राउ

१० असार २०७५, आईतवार १०:२१

असार १०, काठमाडौं ।

गत अप्रिल ७ देखि मे २७ सम्म भारतमा चलेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा काठमाडौंबाट १ जना पक्राउ परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–३ काठमाडौंको पानीपोखरी बस्ने अमृत भनिने नथमल अग्रवाल पक्राउ परेका हुन् ।

 

आईपीएल चलिरहेका बेला अमृतले महोत्तरीको मनरासिसुवा–२ घर भइ काठमाडौंको सिफल बस्ने राकेश सिंहलगायतका व्यक्तिबाट आईपीएलको सट्टेबाजीमा रकम राख्ने भन्दै २ करोड ४० लाख ठगी गरेको उजुरी परेको आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

 

पक्राउ परेका अग्रवालविरुद्ध मुलुकी ऐनको ठगी महलअन्तर्गत ५ वर्षसम्म कैद र बिगो मागदावी गर्दै मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।