भक्तपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

८ असार २०७५, शुक्रबार ०७:१५

असार ८, काठमाडौंं ।

भक्तपुरको सानोठिमीमा शुक्रबार बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा बी.एण्ड.बी अस्पताल ग्वार्कोमा शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोक तर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ट्रिपरसहित चालक ३० वर्षीय राजन खड्गीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।