ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा

७ असार २०७५, बिहीबार ०६:२९

असार ७, काठमाडौं । एजेन्सी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभान्कालाई स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ ।

हालै प्रकाशित पुस्तक ‘बोर्न ट्रम्प : इन्साइड अमेरिकाज फर्स्ट फेमिली’ मा यस्तो खुलासा भएको हो । लेखिका एमिली जेन फक्सलको यो पुस्तकमा इभान्का किशोरावस्थादेखि नै मोडल बन्ने चाहना राख्ने लेखिएको हो ।

इभान्काले मोडलिङका लागि वर्षको लगभग ५० लाख रुपैयाँ खर्च गर्ने गरेको कुरा पुस्तकमा छ । डोनल्ड र उनको परिवारका बारेमा धेरै कुरा लेखिएको छ ।

छोरीको मोडलिङ चाहनालाई ट्रम्पले प्रोत्साहन गर्ने गरेका थिए । उनी इभान्काले स्तन प्रत्यारोपण गरोस् भन्ने चाहेका थिए । यसबाट मोडलिङ करीयरलाई फाइदा पुग्ने उनको विश्वास थियो । लेखिका फक्सका अनुसार, ट्रम्पले इभान्कालाई यसका लागि दबाब दिएपछि ट्रम्पकी बहिनी मेरियानले फोन गरेर स्तन प्रत्यारोपण गर्दा इभान्का बर्बाद हुने बताएकी थिइन् ।

पुस्तकमा इभान्काको किशोरावस्थाका अनेकौं जानकारी छन् । इभान्का ह्वार्टन कलेजमा हुँदा बिहान ९ बजे तथ्यांक विषयको क्लासबाट चुपचाप बाहिर निस्किन्थिन् र दुईवटा चुरोट पिउँथिन् ।

इभान्काको किशोरावस्थाको एउटा घटना प्रसिद्ध छ । उनी कोएड स्कूलमा पढ्दा एउटा पार्टीमा गएकी थिइन् । उक्त पार्टीमा ड्रग लिएपछि उनलाई स्कूलले केही दिनका लागि प्रतिबन्ध लगाएको थियो । तर त्यतिखेर ड्रग लिने अन्य विद्यार्थीलाई चाहिँ स्कूलबाट सस्पेन्ड गरिएको थियो ।

धनी ट्रम्पकी छोरी भएकाले उनलाई कम सजाय दिइएको भन्ने गरिन्छ ।

फक्सको किताबमा लेखिएअनुसार, इभान्का कोएड स्कूलमा पढ्दा ट्रम्पले स्कूलमै हेलिप्याड बनाउन खोजेका थिए । इभान्का प्रत्येक सप्ताहान्तमा न्युयोर्क आउन सकोस् भनेर उनले हेलिप्याड बनाउन खोजेका थिए ।