धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने

७ असार २०७५, बिहीबार ०५:३७

असार ७, काठमाडौं ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने भएको छ ।

बहुप्रतिक्षित धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । दिउँसो दुई बजेपछि टेन्डर खोलिने प्राधिकरणले जनाएको छ ।

 

धरहरा पुनर्निर्माणका लागि कति कम्पनी टेन्डर प्रक्रियामा सहभागी भए भन्नेबारे प्राधिकरणले केही खुलाएकाे छैन ।

 

१ सय ४५ फिट अग्लो धरहरा २२ तलाको हुने बताइएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गरेका थिए ।

गत वैशाख १२ मा पनि प्रधानमन्त्रीले धरहराको भग्नावशेष अगाडि उभिएर यसको पुनर्निर्माण अघि बढाउने वचन दिएका थिए ।