भारतमा पानीको चरम संकट

२ असार २०७५, शनिबार ०२:३१

असार २, काठमाडौं ।

पछिल्लो अनुसन्धानअनुसार भारतमा करिब ६० करोड मानिसहरूले पानीको चरम संकट खेपिरहेका छन् । नीति आयोगले भारतका २९ मध्ये २४ वटा राज्यमा गरेको अध्ययन प्रतिवेदनअनुसार यस्तो संकट अबका वर्षहरूमा थप खराब हुँदै जानेछ ।

प्रतिवेदनले बढ्दो माग हुँदाहुँदै पनि २१ वटा सहरमा भूमिगत जल सन् २०२० सम्ममा सकिने देखिएको भन्दै त्यसबारे सचेत गराएको छ । भारतका सहर र नगरहरूमा वर्षामा निरन्तरजसो पानीको अभाव हुने गरेको छ किनभने त्यहाँ प्रत्येक घरमा पानी पुर्याउने भौतिक संरचनाहरूको अभाव छ प्रतिवेदनमा भनिएको छ ।

 

८० प्रतिशत पानी कृषिमा प्रयोग हुने भएकाले उक्त प्रतिवेदनले खाद्य सुरक्षामा पनि खतरा देखाएको छ । ग्रामीण क्षेत्रहरूमा पनि सफा पानीको पहुँच नहुँदा ती क्षेत्रहरू नराम्ररी प्रभावित छन् ।

एउटा प्रतिवेदनका अनुसार करिब दुई लाख भारतीयहरू प्रत्येक वर्ष सफा पानीमा पहुँच नभएकै कारण ज्यान गुमाउँछन् ।