मोबाइलमा कुरा गर्दै गर्दा करेन्ट लागेर मृत्यु

२७ जेष्ठ २०७५, आईतवार ०५:४१

जेठ २७, काठमाडौं ।

जिल्लाको मालारानी गाउँपालिका– ९ गोखुंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय वर्ष १८ का विकास थापाको मृत्यु भएको हो ।

 

गयराति सवा १० वजे परेको चट्याङले लागेर घरमै बसिरहेका थापाको मृत्यु भएको हो ।

 

मोबाइल चार्जमा लगाएर फोन गरिरहेको समयमा चट्याङ परेको र करेन्ट लागेका थापाको मृत्यु भएको प्रत्यक्षदर्शी नवीन औजारीले जानकारी दिए ।