किमसँगको वार्ताका लागि ट्रम्प सिंगापुर प्रस्थान

२७ जेष्ठ २०७५, आईतवार ०५:३६

जेठ २७, काठमाडौं । एजेन्सी

उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर प्रस्थान गरेका छन् ।

ट्रम्पले कोरियाली नेता उनसँग जुन १२ मा ऐतिहासिक वार्ता गर्दै छन् ।

 

क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरूको संगठन जी सेभेनको बैठकपछि उनी सिंगापुर प्रस्थान गरेका हुन् ।

 

यसअघि बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएपछि ट्रम्पले करका विषयमा पुनर्विचार गरिने बताएका छन् ।

 

उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबने पनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन ।

 

अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन् ।