जेठ २७, काठमाडौं ।
विश्वकप फुटबलको अभ्यास खेलमा स्पेनले ट्युनिसियामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।
स्पेनका लागि लागो एस्पासले ८४ औँ मिनेटमा गरेको गोल नै विजयी गोल बन्यो ।
यो जितसँगै स्पेनको अपराजित यात्रा २० पुगेको छ । स्पेन पछिल्ला २० खेलमा हारेको छैन ।
स्पेन विश्वकपका लागि समूह बी मा छ र उसले आफ्नो पहिलो खेलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार राति नै भएका अरु खेलमा अस्ट्रेलियाले हंगेरीलाई २–१, मोरक्कोले इस्टोनियालाई ३–१, सर्बिया ५–१, डेनमार्कले मेक्सिकोलाई २–०, अजरबैजानले लात्भियालाई ३–१ तथा फिनल्याण्डले बेलारुसलाई २–० ले हराएको छ ।
