राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुने

२७ जेष्ठ २०७५, आईतवार ०४:४६

जेठ २७, काठमाडौं ।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवादका कारण रोकिएको राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदैछ ।

यसअघि यस्तै विषयमा विवाद भएर रोकिएको प्रतिनिधिसभाको नियमावली फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्थासहित शुक्रबार पारित भएको थियो ।

 

प्रतिनिधिसभाको जस्तै फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राखेर राष्ट्रियसभाको नियमावली पारित गर्ने तयारी गरिएको छ ।

संसद् सचिवालयका अनुसार, ४ विषयगत समिति रहने गरी तयार पारिएको नियमावली आज बस्ने राष्ट्रियसभा बैठकबाट पारित गर्ने कार्यसूची छ ।

बैठक अहिले बिहान ११ बजे बस्दैछ ।