सांसदहरूको प्रश्नको सम्बन्धित मन्त्रीले ५ दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने

२५ जेष्ठ २०७५, शुक्रबार ०९:१८

जेठ २५, काठमाडौं ।

सांसदहरूले संसदमा उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले ५ दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने भएको छ ।

यसअघि संसदमा उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै सभामुखले पटक–पटक रुलिङ गर्ने गरेका थिए ।

शुक्रवार पारित हुन लागेको प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्रीले एक हप्ताभित्र दिनुपर्ने व्यवस्था गरिएको मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

संसद नियमावलीले संसदमा महिनाको २ पटक प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर सेसन गर्न प्रस्ताव गरिएको छ ।

यस्तो व्यवस्था दक्षिण एसियाली मुलुकमा पहिलो रहेको पोखरेलले बताए । प्रतिनिधि सभाको शुक्रवारको बैठकले नियमावली पारित गर्ने कार्यसूची छ ।