मानिसको गोजीमै पड्कियो मोबाइल (भिडियो सहित)

२५ जेष्ठ २०७५, शुक्रबार ०८:५१

जेठ २५, काठमाडौं । एजेन्सी

आजकल मोबाइल दैनिक जीवनको अंग बनिसकेको छ तर यसले खतरा पनि उत्तिकै उत्पन्न गरेको छ ।

 

            (भिडियो)

हालै भारतको मुम्बईमा रहेको एक रेस्टुराँमा एक व्यक्तिको शर्टमा रहेको मोबाइल अचानक ब्लास्ट भयो ।

लन्च टाइममा भीडभाड भएको बेलामा मोबाइल पड्किएको थियो । यसको भिडियो भाइरल भइरहेको छ ।

खाना खाइरहेको बेलामा उक्त व्यक्तिको शर्टको गोजीमा रहेको मोबाइलबाट धूवाँ निस्कन थाल्यो । त्यसपछि मानिसको भागाभाग भयो ।

घटना ती व्यक्ति घाइते भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।