म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित अन्यले पाए विशेष अदालतद्वारा सफाइ

२४ जेष्ठ २०७५, बिहीबार ०९:१५

जेठ २४, काठमाडौं ।

म्याच फिक्सिङको अभियोग लागेका ४ फूटबलर र एक प्रशिक्षकले विशेष अदालतबाट सफाइ पाएका छन् ।

नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वकप्तान सागर थापासहित खेलाडीहरू सन्दीप राई, विकाससिंह क्षेत्री र रितेश थापा तथा प्रशिक्षक अञ्जन केसीलाई विशेष अदालतले बिहीवार सफाइ दिएको हो ।

 

पैसाको प्रलोभनमा नेपाली टीमलाई हराउन मिलेमतो गरेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि विशेष अदालतमा मुद्दा चलेको थियो ।

 

यद्यपि उनीहरू यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।