जेठ २४, काठमाडौं ।
स्पेनिस फुटबलर जेरार्ड पिके र गायिका साकिराको घरमा चोरी भएको छ ।
बार्सिलोनास्थित उनीहरुको घरबाट घडी र गरगहना चोरी भएको हो ।
चोरी भएको समयमा पिके र साकिरा दुबै घरमा थिएनन् तर, अभिभावक भने घरमै थिए ।
घटनाबारे प्रहरीले छानविन गरिरहेको छ । तर, अहिलेसम्म चोरीमा संलग्न कोही पक्राउ परेका छैनन् ।
