जेठ २१, काठमाडौं । एजेन्सी
कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । फैसलामा उनलाई ‘गोली हानी मृत्युदण्ड’ दिइने बताइएको छ ।
हत्या अभियोगमा चौधरी सन् २०१७ अप्रिलमा पक्राउ परेका थिए ।
फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको छ ।
नेपालीमाथि ‘गोली हानी मृत्युदण्ड दिने फैसला’ कतारमा अहिलेसम्मको सबैभन्दा कडा सजाय भएको बताइएको छ ।
पुनरावेदनसँगै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च ६ लाख रुपैयाँ राजदूतावासले सरकारसँग माग गरेको छ । चौधरी २०१५ मा कार वास कम्पनीमा काम गर्ने गरी कतार पुगेका थिए ।
