गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लाग्दा प्रहरी फन्दामा

२१ जेष्ठ २०७५, सोमबार ०६:४४

जेठ २१, काठमाडौं ।

महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनार छन् ।

 

सिंग जस्तो देखिने गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा उनलाई नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको वृत्तका डिएसपी दिपक पोखरेलले बताए ।

 

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको उनले बताए ।

 

थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।