एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर हुने

२० जेष्ठ २०७५, आईतवार ०४:५७

जेठ २०, काठमाडौं ।

एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर हुने लगभग पक्का भएको छ ।

लामो समयदेखि नाम र राजधानीको बिषयमा अल्झिएको एक नम्बर प्रदेश सरकार र प्रदेश सभाले अब छिट्टै नै नाम र प्रदेशको स्थायी राजधानी टुङ्गयाउन लागेको हो ।

तर बाहिर नल्याइएको भए पनि मुख्यमन्त्री, मन्त्रीहरु, संसदीय दलका नेताहरू, सभामुख, उपसभामुख तथा राजनीतिक दलका प्रमुखहरू विराटनगरलाई स्थायी राजधानी बनाउने बिषयमा सहमती नजिक पुगेका छन् । निर्णय भने भई नसकेको भएपनि स्थायी राजधानी विराटनगर नै हुने लगभग पक्का भएको हो ।

विभिन्न चरणमा फरक फरक स्थानमा भएको वार्ता र संवादबाट एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै तोक्ने बिषयमा सर्वसहम्मतीबाट निर्णय ल्याउने तयारी भइरहेको श्रोतले जनाएको छ ।

निर्वाचनमा जाने या अन्य विधि अपनाउने भन्दा पनि सबै दलको सहमतीबाट विराटनगरलाई स्थायी राजाधानी बनाउने भन्ने बिषयमा दलहरु सहमती नजिक पुगेका हुन् ।