जेठ १८, काठमाडौं ।
सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा शेर्पालाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।
टुरिजम मिडिया क्लब र टेकिङ गाइड एसोसिएसन (टिगान)को संयुक्त आयोजनामा भएको कीर्तिमानी आरोही दिकी शेर्पा सम्मान कार्यक्रममा सगरमाथामा फोहोर बढ्दै गएकाले सफाइमा केन्दि्रत हुन मन्त्री अधिकारीले अनुरोध गरेका छन् ।
यसै वसन्तकालीन सिजनमा सगरमाथाको सफल आरोहण गरेकी आरोही दिकी शेर्पाको सम्मान कार्याक्रममा बोल्दै मन्त्री अधिकारीले सगरमाथाको सफाइमा केन्दि्रत हुनेपर्ने बताएका हुन् । वर्षेनी हुने आरोहणको क्रममा आरोहीले प्रयोग गरेका सामग्री सगरमाथा छोड्दा फोहोर बढेकाले आरोही दिकी शेर्पालाई समेत सफाईमा केन्दि्रत हुन मन्त्री अधिकारीले अनुरोध गरेका छन् ।
क्लबकी कोषाध्यक्ष समेत रहेकी दिकीले शेर्पाले यस वसन्तकालीन सिजनमा ‘लैंगिक समानतको लागि सकरात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ नारा सहित सगरमाथाको आरोहण गरेकी थिईन् ।
दिकी शेर्पा पनि अबको दिनमा हिमाल संरक्षण र नारी आवाजमा लाग्ने लाग्ने जनाएकी छिन् ।
संखुवासभामा जन्मेकी दिकीले यसअघि पनि मनास्लु लगायत आधा दर्जन हिमाल आरोहण गरेकी छिन । हाल ओखलढुंगा निवासी दिकी जिल्लाबाट सगरमाथा चढ्ने दोस्रो महिला हुन् ।
