जेठ १६, काठमााडौं ।
गैंडाकाे आक्रमण परी चितवनकाे भरतपुर महानगरपालिका–२५, ध्रुवमा एक जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गरेका स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको गैंडाकाे आक्रमणबाट ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माछा मार्न गएका ५० वर्षीय क्षेत्रीलाई दोभान सामुदायिक वनमा गैंडाले आक्रमण गरेको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।