महिला समूहले गर्‍यो १० क्वीन्टल गाजा नष्ट

१३ जेष्ठ २०७५, आईतवार १२:०४

जेठ १३, काठमाडौं ।

नागार्जुन नगरपालिका-१० क्षेत्रमा रहेको गाजा स्थानीय महिला समूहले नष्ट गरेको छ ।

प्रेरणा महिला समूहको सक्रियतामा प्रहरीसमेतको सहयोगमा करिब १० क्वीन्टल गाजाका बोट नस्ट गरिएको हो ।

 

खाली जमिनमा आफै उमि्रएको गाजा टिप्न र सेवान गर्न स्थानीय तथा आसपासका क्षेत्रबाटसमेत युवा आउन थालेपछि समूहले नष्ट गरेको जनाएको छ ।

 

‘दुव्र्यसनीले अखडा बनाउन सक्ने र यसले स्थानीय किशोर कीशोरीमा पनि नकरात्मक असर पर्ने देखियो,’ समूहकी अध्यक्ष सिर्जना सुवेदीले भनिन्,’स्थानीयको र प्रहरीको सहयोगले गाँजाका बोट उखेलेर सबै जलाएका छौं ।’