चलचित्रका लागि नम्रताको फरक भूमिका र गेटअप, कपाल कटी ८ केजी तौल घटाइन्

९ जेष्ठ २०७५, बुधबार ०९:१५

जेठ ९, काठमाडौं ।

नायिका नम्रता श्रेष्ठ आफूलाई हरेक चलचित्रमा फरक–फरक भूमिका र गेटअपमा देखाउन चाहन्छिन् । यसैले, पनि नम्रताले अभिनय गरेका चलचित्र विशेष हुने गर्दछन् ।

चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन यूवतीको भूमिकामा देखिएकी नम्रताले नयाँ चलचित्र ‘जाइरा’का लागि आफूलाई फेरि फरक गेटअपमा ढालेकी छिन् ।

 

यो चलचित्रका लागि नम्रताले कपाल काटेकी छिन् भने तौल पनि घटाएकी छिन् ।ललितपुरमा आयोजना भएको कार्यक्रममा कलाकारको गेटअप सार्वजनिक गरियो ।

 

नायिका नम्रता श्रेष्ठ चलचित्रकै गेटअपमा कार्यक्रममा उपस्थित भएकी थिइन् । उनले, यो चलचित्रमा आफू बक्सरको भूमिकामा देखिएको बताइन् ।

 

चलचित्रका लागि नम्रताले ८ केजी तौल समेत घटाएको बताइन् । उनले, कपाल काट्दा दुःख भने लागेको तर भूमिकाका लागि आफूले त्यसमा ढालेको बताइन् ।

 

चलचित्रमा नम्रता श्रेष्ठको साथमा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठको मुख्य भूमिका छ ।

यो चलचित्रलाई मंसिरमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।