नेपालको अान्तरिक उडानतर्फ बुद्ध एयरलाइन्सको हवाई भाडा विश्वकै सबैभन्दा महंगो

९ जेष्ठ २०७५, बुधबार ०८:०९

जेठ ९, काठमाडौं ।

नेपालको अान्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ ।

मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो ।

रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ ।

विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान गराईरहेको छ ।

यसपछि सस्तोमा उडान गराउने बिमान कम्पनीहरुको दोस्रो सूचीमा रहेको मलेसियाको एयर एसिया एक्सले प्रतिकिलोमिटर ०.०७ मा उडान गराइरहेको छ ।

इन्डानेसियाको एअर एसियाले भने प्रतिकिलोमिटर ०.०८ अमेरीकन डलरमा सेवा दिइरहेको छ ।