७ वटा क्यासिनोमा छापा, दुई जना पक्राउ

८ जेष्ठ २०७५, मंगलवार ०७:४५

जेठ ८, काठमाडौं ।

प्रहरीले काठमाडौं उपत्यकामा संचालित ७ वटा क्यासिनोमा छापा मारी दुईजनालाई पक्राउ गरेको छ ।

अपराध महाशाखाबाट खटिएको टोलीले एक क्यासिनोका म्यानेजरसहित दुईजनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेका तर कुनै परिचयपत्र नभएका नेपाली भाषा बोल्ने सेते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठ रहेको अपराध महाशाखाले जानकारी दिएको छ ।

 

उनीहरुलाई जुवा ऐन अनुसार कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

 

गैरकानुनी रुपमा नेपालीहरुलाई क्यासिनोमा प्रबेश गराइ जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।