नरेन्द्र मोदीले केपी ओलीलाई ‘भाइसाप’ शब्दले सम्बोधन गरे

२८ बैशाख २०७५, शुक्रबार ०६:३१

वैशाख २८, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘भाइसाप’ शब्दले सम्बोधन गरेका छन् ।

मोदीले जनकपुरमा आफ्नो स्वागतका लागि आएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । साथै मन्दिरमा पुजाका लागि व्यवस्था मिलाएकोमा आभार व्यक्त गरे ।

मोदीले जानकी मन्दिरको चरणमा आउन पाउँदा खुसी लागेको बताए । उनले भारतको पहिलो प्रधानमन्त्री जनकपुर आएको बताए ।

उनले आफ्नो जनकपुरमा भएको सम्मान हजारौँ बर्षको दुई देशको इतिहासको सम्मान भएको बताए । साथै उनले अयोध्या र जनकपुरबीच सुरु हुन लागेको सिधा बस सेवाले करोडौँ यात्रीलाई जोड्ने बताए ।