सुनसरीको सदरमुकाम इनरुवामा एक मृत अवस्थामा फेला

२८ बैशाख २०७५, शुक्रबार ०६:१२

वैशाख २८, काठमाडौं ।

सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका बताइएको छ ।

 

इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।