वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि छु : माधव नेपाल

२७ बैशाख २०७५, बिहीबार १०:५५

वैशाख २७, काठमाडौं ।

सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


वरिष्ठ नेता नेपालले सरकारले विकास,समृद्धि र सुशासन कायम गर्न नसकेको प्रति असन्तुष्टि जनाएका छन् ।
बिहिबार बंगलादेश दुतावासले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार गतिका साथ काम गर्न नसकेको टिप्पणी गरे ।
नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोच सरकारमा अभाव रहेको पनि स्मरण गराए ।

‘सरकारले मुलुकमा रहेको स्रोतलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने कुरामा जोड दिए, तर सरकारले यी कुरामा ध्यान दिएको देखिदैन’ नेता नेपालको भनाई छ ।

वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सो अवसरमा नेता नेपालले नेपालले बंगलादेशको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि सपष्ट पारेका थिए ।