१८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट

२७ बैशाख २०७५, बिहीबार ०८:०३

वैशाख २७, काठमाडौं ।

सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका बताइएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको जानकारी दिएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएको बताइएको छ ।