‘मोदीको स्वागतमा कञ्जुस्याइ नगरौँ’ : भट्टराई

२७ बैशाख २०७५, बिहीबार ०७:४१

वैशाख २७, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याइ गर्न नहुने बताएका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बिहीवार सभामुखसँग विशेष समय लिएर भट्टराईले मोदीलाई स्वागत गर्न र उनीसँग खुला रुपले कुरा राख्नु पर्ने बताएका हुन् ।

उनले आफूहरु सबै राष्ट्रवादी भएकोले दुबै छिमेकीसँग असल सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए । अतिथि देवो भव भन्ने नेपाली सस्कार छ । जो आएपनि सत्कार गर्नुपर्छ’ भट्टराईले भने ‘राष्टिय हितलाई जोडेर हामीले उहाँसंग स्पष्ट कुरा गरौ ।’

उनले भूगोल इतिहासका कारण भारतसंग नेपालको विशेस सम्बन्ध र धेरै समस्या पनि धेरै रहेको बताए । ‘विगतमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो । अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’ भट्टराईले भने, ‘अब हामी दुई देशबीचको पुल बन्ने अबसर राख्नु पर्छ ।’