१३ वर्षपछि प्रक्राउ भए एक फरार अभियुक्त

२७ बैशाख २०७५, बिहीबार ०४:४२

वैशाख २७, काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका एक अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको बताएको छ ।

 

ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको बताइएको छ ।

अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएको बताइएको छ । पक्राउ भएका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ ।