हंगामा मच्चियो सोनम कपुरका दुलाहा आनन्द आहुजाले रिसेप्सनमा स्पोर्टस् सुज लगाउँदा

२६ बैशाख २०७५, बुधबार १०:२३

वेशाख २६, काठमाडौं ।

बलिउडमा यतिबेलाको हट टपिक्स भनेकै सोनम कपुर र आनन्द आहुजाको बिहे हो । बिहे हिजो सकिए पनि त्यसको चर्चाले भारतीय मिडिया रंगिएकै छन् ।

 

बिहेका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैक्रममा बेहुला आनन्दले लगाएको जुत्ताको चर्चाले सामाजिक सञ्जाल तताएको छ । बिहेपछिको रिसेप्सनमा उनले कालो रंगको सेरवानीको साथमा स्पोट्र्स सुज लगाएका थिए । सामान्यतया यस्तो फङ्सनमा र्फमल सुज लगाउनुपर्ने हो ।

कतिपयले यसलाई आनन्दको व्यक्तिगत छनोटको कुरा भएको भन्दै वेवास्ता गरिरहेका छन् त कतिले चाहिँ औपचारिकता निर्वाह गर्न नसकेको भनेर आलोचना गरेका छन् ।