३ दिनमा २ जनाबाट ओखलढुंगामा बलात्कृत भइन् एक महिला

२६ बैशाख २०७५, बुधबार ०८:५३

वैशाख २६, काठमाडौं ।

ओखलढुंगामा एक जना महिला तीन दिनमा दुई ब्यक्तिबाट बालात्कृत भएको खुलासा भएको बताइएको छ ।

 

पीडितले प्रहरीमा गत फागुन २३ र २५ गते फरकफरक स्थानमा दुई ब्यक्तिबाट आफू बालात्कृत भएको उजुरी दर्ता गराएपछि यसको रहस्य खुलेको हो ।

तर, पीडितले घटना भएको लामो समयपछि अर्थात बैशाख १७ गतेमात्रै उजुरी दर्ता गरेको पाइएको छ ।

घटना भएको लामो समयपछि उजुरी दर्ता भएपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजुरी दर्तापछि आरोपित दुई जनालाई प्रहरीले गत सोमबार नै पक्राउ गरी हिरासतमा राखेको जनाएको छ ।

उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

घटनाबारे अनुसन्धान भैरहेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताएका छन् ।