वैशाख २६, काठमाडौं ।
सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेको बताइएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बुधबारको संसद बैठकमा मोदी नेपाल भ्रमण आउने चर्चा भए पनि संसदलाई अहिलेसम्म जानकारी नभएको बताए ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने चर्चा छ, तर यो संसदलाई जानकारी छैन’ उनले भने ‘प्रधानमन्त्रीले आजकै बैठकमा उहाँ आउने हो कि होइन, हो भने त्यस बारेमा जानकारी गराउन माग गर्दछु ।’
उनले मोदी नेपाल भ्रमणमा आउँदा राजधानी नआई जनकपु्र आउनुको कारणबारे जानकारी दिन पनि माग गरेका छन् । सरकार प्रमुख छिमेकी देशको राजधानीबाट भ्रमण सुरु गर्नुपर्नेमा जनकपुरमा आउनुको कारण माग गरेको बताइएको छ ।
उनले जवाफ मागेको केहीबेरमा नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे जानकारी गराएको बताइएको छ ।
