मोदीको स्वागतको लागि बनाइएका गेटहरु हावाहुरीले ढालिदियो

२६ बैशाख २०७५, बुधबार ०५:३५

वैशाख २६, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि २ नम्बर प्रदेशको राजधानी जनकपुरमा बनाइएका धेरैगेटहरु बुधबार सबेरै बिहान चलेको हावाहुरीले ढालिदिएको बताइएको छ ।

मोदीको स्वागतमा बाँस ठड्याएर बनाइएका जनकपुर बजार क्षेत्रका गेट र पण्डालहरू गएरातिदेखि चलेको भीषण हावाहुरीका कारण क्षतिग्रस्त भएको बताइएको पाइन्छ ।

वर्षासँगै आएको हावाहुरीले मोदीको स्वागतका लागि आयोजक २ नम्बर प्रदेश सरकार बनाएका स्वागतद्वार ढालेपछि पुन : बनाइने बताइएको छ ।

हावा हुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याइएको समाग्री जोगाउने क्रममा केही मजदुर पनि समान्य घाइते भएको बताइएको छ ।