वैशाख २४, काठमाडौं ।
सगरमाथा नजिकैको लोबुचे हिमाल आरोहण गर्न गएका एक जापानी पर्वतारोहीको मृत्यु भएको छ । ४२ वर्षीय ताकाहिरो कुगाको लेक लागेर मृत्यु भएको प्रहरीको अनुमान छ ।
खुम्बु पासाङल्हामुस्थित लोबुचेको आधार शिविरमा रहेका उनलाई लेक लागेपछि तत्कालै लुक्लाको निकोल निकिल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
उनको शव काठमाडौं ल्याइएको छ । उनको लेक लागेर मृत्यु भएको भनिए पनि मृत्युको खास कारण खुलेको छैन ।
अहिलेको सिजनमा पर्वतारोहण गर्न जाँदा नेपालमा ज्यान गुमाएका यी दोस्रो व्यक्ति हुन् ।

