वैशाख २३, काठमाडौं ।
हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले १० लाख ४० हजार रुपैयाँ नगदसहित शुक्रबार पक्राउ गरेको बताएको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ बताइएको छ ।
काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाका अनुसार शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएका उप्रेतीमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
