प्याब्सन र एनप्याब्सनको कार्यालयमा विद्यार्थी संगठनले गर्यो तालाबन्दी

१९ बैशाख २०७५, बुधबार १०:१५

वैशाख १९, काठमाडौं ।

विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको तालाबन्दी गरेका छन् ।

 

निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेको भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।

प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालय काठमाडौंमा तालाबन्दी गर्न विद्यार्थी संगठनका पदाधिकारी नै सहभागी भएका थिए ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेका अनुसार काठमाडौंसहित देशभरी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको बताए ।

उनले भने, निजी विद्यालयहरुको मनपरी रोक्नुका सट्टा प्याब्सनका पदाधिकारीहरु नै मनपरीलाई बढावा दिन लागिपरेको र पदाधिकारीहरुकै स्कुलमा मनोमानी शुल्क लिएकाले प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको बताए ।’