वैशाख १९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने बताएका छन् ।
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले दमकमात्रै नभएर देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताएका छन् ।
नेपाल सरकार, नगर विकास कोष र खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको ३० करोड २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण हुन लागेको हो ।
