विद्युत स्टेशनमा आगलागी, डोटी र अछाममा समेत विद्युत आपूर्ति बन्द

१९ बैशाख २०७५, बुधबार ०७:०३

वैशाख १९, काठमाडौं ।

दिपायल विद्युत स्टेशनमा आगलागी भएको छ । आगलागीबाट डोटी र अछाममा समेत विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान करिब ८ बजे आगलागी भएको थियो । चट्याङका कारण आगलागी भएको अनुमान छ । आगलागीबाट फिडर, ट्रान्सर्फमर, तार लगायतमामा क्षति पुगेको छ ।

विद्युत आपूर्ति बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

गत बर्ष पनि दिपायलस्थित विद्युत स्टेशनमा आगलागी भएको थियो