वैशाख १७, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षा बैठकलगत्तै पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउन बैठक आह्वान गरेका छन् ।
पार्टी सभापति देउवाले पदाधिकारी मनोनयनका लागि सोमबार बिहान साढे ८ बजे निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बोलाएका थिए ।
सभापतिले पदाधिकारीमध्ये उपसभापति, महामन्त्री र सहमहामन्त्रीको प्रस्ताव गरेपछि निर्वाचित सदस्यको बहुमतबाट पारित हुनुपर्नेछ । खुमबहादुर खड्काको निधनपछि कांग्रेसमा निर्वा्चित ६३ सदस्य रहेका छन् । प्रस्ताव पारित हुन ३२ सदस्यले समर्थन गर्नुपर्छ ।

