नदीमा डुबेर चमेलियामा एकको मृत्यु

१२ बैशाख २०७५, बुधबार ११:१३

वैशाख १२, काठमाडौं ।

नदी चमेलिया तर्ने क्रममा एक युवाको चिप्लिएर मृत्यु भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदी तर्ने क्रममा चिप्लिएर नदीमा डुबेर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

मृत्यु भएका धिरज बोहराको शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको बताइएको छ ।