सप्तरीमा विधुत् सेवा अवरुद्ध

१२ बैशाख २०७५, बुधबार ०६:२०

वैशाख १२, काठमाडौ

सप्तरीको राजविराजस्थित ३३ केभिको पावर ट्रान्सफर्मर पड्किएपछि जिल्लाको विधुत् सेवा प्रभावित हुन पुगेको छ ।

नेपाल विधुत् प्राधिकरण वितरण केन्द्रमा रहेको भारतबाट आएको विधुत् जोडिएकोले ट्रान्सफर्मर गत शुक्रबार राति अचानक पड्किएको हो । प्राधिकरणमा रहेका दुई ट्रान्सफर्मर मध्ये एउटा पड्एिपछि विगत चार दिन देखि जिल्लाभरि विधुत् सेवा अनियमित भएको छ ।

सदरमुकाम राजविराजमा ट्रान्सफर्मर मर्मत का लागि प्रयास भएपनि मर्मत हुन नसकेको वितरण केन्द्र प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभएको छ ।समस्या समाधानका लागि पहल भएपनि असफल भएपछि टान्सफर्मर को केही पाटपुर्जा र तेल झिकेर स्यामपल लिएर सोमबार क्षेत्रिय कार्यलय जनकपुर लगिएको केन्द्र प्रमुख चन्द्रनारायणले बताउनु भएको छ ।

मगंलबार सम्म मर्मत कार्य सफल नभए लोडसेडिङ को तालिका सार्वजनिक गर्नै केन्द्र प्रमुख ले बताउनु भएको छ । जिल्लामा विधुत्  अनियमित  भएपछि ६५ हजार उपभोत्ता ले प्राप्त गर्दै आएको सेवा अनियमित भएको छ ।

विगत चार दिन यता विधुत्बाट चल्ने उधोगधन्दा, अपसेट प्रेस, सेलर मिल, काठका मिल पूर्ण रुपमा प्रभावित भएका छन् ।