वैशाख ११, काठमाडौ ।
भक्तपुर, ठिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमा आक्रमण भएको छ ।
मध्यपुर ठिमीको वडा नम्बर ३ रहेको उनको घर नजिकै उनीमाथि अज्ञात समूहले आक्रमण गरेको नेकपा एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष वचन देउजाले जानकारी दिएका छन् ।
उनी सवार गाडीमा तोडफोड गरि आक्रमण गर्दा उनको हात र खुट्टामा चोट लागेको छ । नगर प्रमुख श्रेष्ठको हाल मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
स्रोत ः रातो पार्टी
