अनौठो बिहे: रगत नपिउने दुलाहाले दुलही लान पाउँदैनन्

६ बैशाख २०७५, बिहीबार ११:०६

वैशाख ६, काठमाडौं । एजेन्सी

हाम्रो देशमा पनि कतिपय समुदायका बिहे संस्कार निकै अनौठो खालका छन् ।

उता भारतको मध्यप्रदेश र छत्तिसगढका भित्री इलाकाहरुमा बस्ने गौड जनजातिको बिहे परम्परा झनै अनौठो छ ।

गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरीकन बिहे सम्पन्न नै हुँदैन ।

उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ । बेहुलाले आफैंले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन ।

यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ ।

सदियौँदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन् । यो समुदाय निकै पिछडिएको समुदाय मानिन्छ भारतमा ।