युनाइटेडभन्दा एक खेल कम खेले पनि सिटीले जित्यो उपाधि

६ बैशाख २०७५, बिहीबार ०८:४३

वैशाख ६, काठमाडौं ।

इङ्गलिस प्रिमियर लिगमा अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई २-० ले हराएको छ ।

युनाइटेडलाई जिताउन क्रिस स्मलिङ र लुकाकुले एक-एक गोल गरे ।

यो म्यानचेस्टर युनाइटेडको २३ औं जित हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउन युनाइटेड सफल भएको छ ।

 

जितपछि लिगमा युनाइटेडले ३४ खेलबाट ७४ अंक पुर्‍याएको छ । उसले अब लिगमा चार खेल्न मात्र बाँकी छ ।

 

युनाइटेडभन्दा एक खेल कम खेलेको सिटीले ८७ अंक जोड्दै उपाधि जितिसकेको छ ।